लकडाउन प्रभावित धनकुटा १ का मजदुर परिवारलाई राहत वितरण
धनकुटा खबर, चैत २२ । धनकुटा नगरपालिका वडा नं १ का विभिन्न टोलका लकडाउन प्रभावित श्रमिक, मजदुर परिवारलाई आज राहत वितरण गरिएको छ ।
कोरोना भाईरसको सम्भवित सं,क्रमण नि,यन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा काममा जान नपाएर आफ्नो दैनिकी गुजारामा समस्या वेहोरिरहेका १ नं वडाको त्रीशूले, थिङ टोल, सिंजाली गाउँ र राई टोका दैनिक ज्यालादारी काम गरेर परिवार चलाउदै आएकाहरुलाई राहत प्रदान गरिएको हो ।
धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, योजना शाखा प्रमुख सिताराम गौतम लगायतको उपस्थितीमा उनिहरुलाई २५ केजी मनसुली चामल, २ किलो मुसुरी दाल, १ लिटर खाने तेल, १ किलो नुन र एउटा सावुन राहत स्वरुप प्रदान गरिएको १ नं वडाध्यक्ष निरेन तामाङले जानकारी दिनुभयो ।
भोलि कुवापनी, पात्ले, निगाले र ओक्मालुङका श्रमिक तथा जमदुर परिवारलाई राहत वितरण गरिने कार्यक्रम रहेको उहाँले वताउनुभयो । वडा नं १ मा २ सय ६२ घरले राहत पाउने उहाँको भनाई छ ।


