कोरोना कहर – धनकुटामा सूर्य वहादुर थापा प्रतिष्ठानको स्वास्थ्य सामाग्री

धनकुटा खबर, चैत २५ । कोरोना भाईरसको सं,क्रमण नि,यन्त्रणका लागि धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्था र समाजाीक संस्थाहरुलाई सूर्य वहादुर थापा प्रतिष्ठानले आज स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री, संविधान सभा सदस्य सुनिल वहादुर थापाले धनकुटा जिल्लामा कोरोना भा,इरसको सं,क्रमण नि,यन्त्रणका लागि ती संस्थाहरुलाई स्वास्थ्य समाग्री प्रदान गर्नु भएको हो ।

सूर्य वहादुर थापा प्रतिष्ठानबाट,आईसोलेसन एण्ड कवारेन्टाईन धनकुटा औद्योगिक ग्राम ,धनकुटा अस्पताल र धनकुटा जिल्लाका विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुका लागि पीपीई ७४ थान, एम्बुलेन्स चालकका लागि २२ सेट पञ्जा २२ वाकस, सेनिटाईजर ३० बोतल हेण्डवास ७२ थान, सावुन, मास्क लगायतका समाग्रीहरु प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री थापाले वताउनु भयो ।

उल्लेखित समाग्रीहरु प्रतिष्ठानका निर्देशक मदन घिमिरेले धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थान समिति धनकुटा जिल्ला अध्यक्ष केशव प्रसाद विमलीलाई प्रदान गर्नु भएको थियो ।

त्यस्तै सोही प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री थापा र नेपाल उद्योग बाणिज्य महासंघका राष्ट्रिय उपाध्यक्ष चन्द्र प्रकाश ढकालले धनकुटा उद्योग बाणिज्य संघलाई पनि कोरोना भा,ईरसबाट ब,च्नका लागि उपयोग गरिने मास्क लगायत विभिन्न स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖