कोरोना भाइरसविरु,द्द जु,ध्न टोलटोलमा नेकपा

मेलम्ची, १६ वैशाख । महामा,री कोरोना भाइरसले त्रा,हिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरु,द्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ ।

सिन्धुपाल्चोकमा नेकपाले लकडाउनको शुरुआतमै जिल्ला कमिटीको बैठक गरेर नेता-कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सचिव दावा तामाङले सबै कमिटीलाई कामसहित परिचालित हुन निर्देशन गरिसकेका छन् । जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले कोरोनाविरु,द्ध जु,ध्न सबै तहका पार्टी सङ्गठनलाई परिचालन गरेको बताउनुभयो ।

जिल्लाभर क्रि,याशील नेकपा सङ्गठनले जनचेतना जगाउने र फिल्डमै पुगेर सर्वसाधारणलाई सहयोग गर्ने काम गरिरहेको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपाले स्वास्थ्य परीक्षण र औषधि वितरणलाई तीव्रता दिएको पार्टी अध्यक्ष राजु खाती सहदेवले जानकारी दिनुभयो । उहाँका अनुसार सहइन्चार्ज अनन्तप्रकाश श्रेष्ठसहितको टोलीले थर्मलगनको सहायताले सर्वसाधारणको स्वास्थ्य प,रीक्षण गर्ने र सामान्य बिरामीलाई आवश्यक औषधि वितरण गरिरहेको छ । पार्टी कमिटीका नेताहरु गेहेन्द्र गुरुङ, सुरेश थामी, नीरबहादुर श्रेष्ठ, बलबहादुर थामी, हरेराम तिमल्सिना, शरण गुरुङ, गाङदेउ थामी, बाबुराम थामी र माधव पौडेललगायत दिनरात खटेर स्वास्थ्य प,रीक्षण काममा लागेका छन् ।

त्यसैगरी सुनकोशी गाउँपालिकामा नेकपाले काठमाडौँमा अ,ड्किएर अ,लपत्र परेका करिब ५०० सर्वसाधारणलाई गाउँ ल्याइपु¥याएको छ । सुनकोशीका अध्यक्ष प्रेमलाल लामाका अनुसार गाउँपालिकाभर नेकपा कार्यकर्ता परिचालन भएका छन् । “गाउँपालिकामा रहेका विपन्न किसान, मजदुर, दलित र असहायलाई कसरी सहायता गर्ने भन्ने विषयमा कमिटीले अध्ययन गरिरहेको छ”, लामाले भन्नुभयो, “पार्टीको माथिल्लो कमिटी र सरकारसँग पर्याप्त छलफल गरेर कामलाई अझ प्रभावकारी बनाइने छ ।” भाइरसवि,रोधी ल,डाइँमा पार्टी कमिटीका अर्का नेता टपिन्द्रप्रसाद तिमल्सिनाले आर्थिक र भौतिक सहयोग गरेकोप्रति सर्वसाधारणले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

यता छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको गाउँपालिका भोटेकोशीमा नेकपाले प्रत्येक टोलमा कार्यकर्ता परिचालन गरेर जनजीवनको अवस्था स,ङ्कलन गरिरहेको छ । “हामीले कोरोना भा,इरससँग ल,ड्न सरकारले जारी गरेको लकडाउनलाई पूर्णपालना गर्ने विषय र त्यसबाट उत्पन्न परिस्थितिलाई कसरी पार लगाउने भन्नेबारे गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेका छौँ”, नेकपा भोटेकोशीका अध्यक्ष आङछिरी शेर्पाले भन्नुभयोे । तातोपानी नाका सञ्चालनबारे पनि कमिटीले समीक्षा गरेको उहाँले बताउनुभयो ।

सीमाको अवस्थाबारे पार्टीको माथिल्लो कमिटी हुँदै सरकारलाई जानकारी गराइएको उहाँले दाबी गर्नुभयोे । नेकपाले दुई प्रतिनिधिसभा, चार प्रदेशसभा, १२ वटै स्थानीय तह र १०३ वटै वडामा सबै तहको बैठक गरेर कामलाई प्रभावकारी बनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेर फिल्डको अनुभूति सँगालेका पार्टी केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले पार्टी कमिटी जनताको स,मस्यासँग एकाकार भएर समाधानका लागि केन्द्रित भएको बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖