भारतमा लकडाउनको अवधि २ हप्तालाई थपियो
काठमाडौं, वैशाख १९ गते । भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई हप्ताका लागि मे १७ तारिक अर्थात जेठ ४ गते सम्मका लागि लकडाउनको अवधि थपिएको हो ।
भारतीय गृहमन्त्रालयको एक विज्ञप्ति जारी गरी हालसम्मको परिस्थितिको ठोसे मूल्याङ्कन गरी सो निर्णय गरीएको जनाएको छ । साे अवधिमा देशका विभन्न भागमा रहेका राेकिएका कामदार विद्यार्थीहरूलाइ भने रेलबाट सम्बिन्धत राज्यहरूमा जान दिने निर्णय गरेकाे छ ।
साथै सो थपिएको अवधिमा विभिन्न जिल्लाहरुलाई सं,क्रमणका अबस्था हेरी रेड, ग्रीन र अरेन्ज जोनकाम रुपमा विभाजन गरी ग्रीन र अरेन्ज जोन अर्थात जो,खिम कम भएका जिल्लाहरुमा लकडाउन खु,कुलो बनाउने जनाएको छ ।


