आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत, १५ असार । कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुभएको छ ।

चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताउनुभयो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ यो वर्ष औपचारिकरूपमा धान दिवस मनाउन नपाउँदा फरक सन्देश दिन नसकिएको बताउनुभयो । यद्यपि किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न अपिल गरिएको बताउँदै किसानका आवश्यकता एवं समस्या सम्बोधनका निम्ति सरकार तत्पर रहेको मन्त्री केसीले जनाउनुभयो ।

प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १२ गते, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), असार १५ गते, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति (माघी), चैत्र शुक्ल अष्टमी चैतेदशैँ प्रदेशभर मनाइने निर्णय भएको छ । फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा प्रदेश सरकारले गरेको छ । – रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।