टरिगाउँ विमानस्थलमा ‘पाइलट’ विषय अध्ययन हुने

तुलसीपुर, असार १६ गते । दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ ।

उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उहाँले बताउनुभयो । अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ ।

विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उहाँको भनाइ छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

सङ्घीय सरकारले यस वर्ष घोराहीको नारायणपुरमा आन्तरिक विमानस्थलका लागि बजेट विनियोजन गरेको छ । टरिगाउँ एयरपोर्टमा आवश्यक बजेट विनियोजनका लागि पहल भइरहेको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताउनुभयो ।

टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारका लागि करीब रु २० करोड आवश्यक पर्ने भएकाले उक्त बजेट केन्द्र सरकारले विनियोजन गरेमा ठूला जहाज बस्न सक्ने उहाँको भनाइ छ । “हामीले जसरी पनि टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्नुपर्छ, त्यसका लागि नियमित रुपमा केन्द्रमा पहल गरिहेका छौँ”, उहाँले भन्नुभयो, “ स्तरवृद्धि गरिएपछि नियमित र सहज उडान हुन्छ । यस विषयमा मैले राष्ट्रियसभामा पनि कुरा उठाएको छु, दाङका सांसदहरुले सामूहिक रुपमा पर्यटनमन्त्रीलाई दवाव पनि दिएका छन् ।” रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖