प्र’योगशाला विस्तार गरेर प’रीक्षणको दायरा बढाइँदैछः मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अवको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले अहिले २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए । मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताए ।

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए ।

रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब रु एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।