स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा प्रहरी अग्रपङ्क्तिमा छ : प्रहरी महानिरीक्षक

परासी । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शान्तिसुरक्षा सँगसँगै नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित प्रहरी युक्ति तालीम महाविद्यालय सुनवल–११ जर्गाहाको नवनिर्मित मुख्य प्रवेशद्वारको आज उद्घाटन गर्दै ज्ञवालीले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका क्रममा नेपाल प्रहरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि दिनरात नभनी अग्रमोर्चामा खटिएको बताउनुभयो ।

महाविद्यालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्रीले नगरको सुशासन, पूर्वाधार विकास र कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि महाविद्यालयले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

महाविद्यालयका प्राचार्य वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले पूर्वाधारमा सहयोग गर्ने नगरपालिका तथा स्थानीयवासीमा धन्यवाद ज्ञापन गर्नुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖