पुनःस्थापना केन्द्र सञ्चालनसम्बन्धी विधेयक सच्याउन माग

रुपन्देही । सेवा केन्द्र तथा पुनःस्थापना केन्द्रको स्थापना तथा सञ्चालन सेवा तथा पुनःस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा रहेका त्रुटि सच्याएर मात्रै पारित गर्न सरोकार पक्षले सुझाव दिएको छ ।

विधेयकमाथि सरोकार पक्षको राय लिन आज बसेको सामाजिक विकास समितिको बैठकमा सहभागी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले विधेयकको प्रस्तावना, कोषको सञ्चालन तथा पुनःस्थापना केन्द्रका काम, कर्तव्य र अधिकारमा धेरै विषय छुटेका कारण थप गर्न सुझाव दिए ।

बैठकमा मानव अधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले लैङ्गिक हिंसा प्रभावितको सुरक्षा तथा उपचारका लागि पुनःस्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक आउनु राम्रो भएको बताउँदै सञ्चालनमा आउने अप्ठ्यारा परिस्थितिलाई ध्यानमा राखी सबै विषय समेटिनुपर्ने धारणा राख्नुभयो ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले घरेलु हिंसा मात्र नभई सबै प्रकारका हिंसापीडितको सुरक्षाका लागि पुनःस्थापना केन्द्र आवश्यक रहने भएकाले प्रस्तावनामा सुधार गर्नुपर्ने बताउनुभयो । माइती नेपालका भैरहवाका प्रमुख माया क्षेत्रीले लैङ्गिक हिंसा पीडितको सुरक्षा र सामाजिक पुनःस्थापनाका लागि दीर्घकालीन रुपमा रोजगारीको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।

समितिका सभापति दीर्घनारायण पाण्डेयले सबैका सुझावका आधारमा विधेयकमा छुटेका विषय समेटिने बताउनुभयो । यसअघि प्रदेशसभामा प्रस्तुत उक्त विधेयक अपुरो भएको जनाउँदै संशोधन प्रस्ताव दर्ता भएपछि थप छलफलका लागि समितिमा पठाइएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖