पुष्पलालको स्मृति दिवसमा धनकुटाको चौबिसेमा रोपियो अनारको विरुवा
धनकुटा । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको ४२ स्मृति दिवसको अवसरमा धनकुटाको चौबिसे गाँउपालिका को वडा नं २ मा ३१ वटा अनारको विरुवा रोपिएकोे छ ।

नेकपा वडा कमिटि अध्यक्ष सन्च बहदुर मादी को अध्यक्षता तथा वडा इन्चार्ज सालिग्रम पौडेलको उपस्थितिमा ३१ वटा अनारको विरुवा रोपेको हो ।
त्यस्तै गरी पार्टीका सचिवालय सदस्य कैलास ढुङगाना, शिक्षक मान बहादुर बस्नेत, वुद्धिजिवि समाजसेवि गोविन्द बिक लगाएतको सक्रिय उपस्थितिमा मुडेवासको प्रहरीचौकिको जग्गामा अनारको विरुवा रोपेको हो ।
त्यस्तै चौबिसे गाँउपालिकाको अन्य वडाहरुमा पनि वृहत वृक्षारोपण गरिएको नेकपा चौबिसेगाँउपालिका कमिटिले जनाएको छ ।


