सुनील थापासहित राप्रपाका ३१ केन्द्रीय नेताले दिए संयुक्त राजिनामा (नामावली सहित राजीनामा पत्र)
काठमाडौं । पूर्व मन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्या,ग गरेका छन् । उनीसहित ३१ जना केन्द्रीय नेताहरुले आज राप्रपाका तीनजना अध्यक्षलाई राजीनामा पत्र लेखी पार्टी परित्या,गको घोषणा गरेका हुन् ।
राप्रपा परित्याग गर्नेमा थापासहित ३१ जना प्रभावशाली नेताहरु छन् । थापाले प्रजातान्त्रिक शक्तिबीच वृहत एकताको आवश्यकता औल्याउँदै राप्रपा परित्यागको घोषणा गरेको बताए । उनले भने, मैंले अब प्रजातान्त्रिक शक्ति एकजुट भएर जानुपर्ने उद्देश्यका साथ राप्रपा परित्याग गरेको हुँ । प्रेस वक्तव्यमा आजका मितिले राप्रपाको सबै तह र जिम्मेवारीबाट अलग हुने भनिएको छ ।
राप्रपा परित्याग गर्नेहरुमा पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा, केन्द्रीय नेताहरु बाबुराम बस्नेत, वृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राईलगायत छन् ।





