वैदेशिक रोजगारमा रहेका युवाहरुले साँगुरीगढीका १ सय १० घरधुरीलाई गरे खाद्यान्न सहयोग

धनकुटा खबर । धनकुटा साँगुरीगढी गाउँपालिका ६ धारापानी स्थायी घर भइ हाल वैदेशिक रोजगारीमा रहेका युवाहरुले १ सय १० घर धुरीलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन ।

रोजगारीको सिलसिलामा कतार, इजरायल, साउदी, दुबही, मलेसिया, हङ्कङ, जर्मन, बेलायत, दक्षिण कोरिया लगायत देशमा रहेका युवाहरुले २ लाख ३२ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन । सरकारले कोरोना नियन्त्रणका लागि आह्वान गरेको लकडाउनको कारण समस्यामा परेका धनकुटाको धारापानी निवासी सम्पूर्ण एक सय १० घरपरिवारलाई उनिहरुले ती सामाग्री सहयोग गरेका हुन ।

आफूहरु जहाँ रहे पनि धारापनीवासीको साथ र सहयोगमा सधै रहिरहने, परिआएको विपदमा जहिले पनि सकेको सहयोग गरिरहने रोजगारीको शिलशिलामा कतारमा रहेका ललित राईले बताउनुभएको छ ।

वैदेशिक रोजगारमा रहेका २४ जना युवाहरुले पठाएको रकम संकलन गरेर साँगुरी धारापानी समाज धरानको संयोजनमा प्रतिपरिवार २५ केजीको १ बोरा चामल, एक केजी नुन, दुई केजी दाल र आधा लिटर तेल हस्तान्तरण गरिएको समाजकी अध्यक्ष नेत्रकुमारी राईले जनाकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।