अविरल बर्षाका कारण धनकुटाका दर्जन बढी उद्योगमा क्ष ती – १ सय २७ व्यावसायीको घर जोखिममा

धनकुटा खबर । केही दिन अघि देखी परेको अविरल बर्षाले पहिरो जाँदा धनकुटामा एक दर्जन उद्योगलाई क्ष,ती पुगेको, दर्जनौ पसलहरु जोखिममा परेको र १ सय २७ जना व्यावसायीहरुको घर जोखिममा परेको धनकुटा उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले आज पहिरोको कारण प्रभावित स्थानको अनुगमन गरी त्यस्तो जानकारी गराएको हो । पहिरोको कारण क्ष,ति वेहोरेका उद्योग, उद्योगी तथा व्यवसायहिरुलाई क्ष,तिपूर्ति दिन सरकार समक्ष माग समेत गरेको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रेजिना पखिले लगायतका सदस्य र कार्यलय सचिव सिचन प्रधान सहितको टोलीले धनकुटा बजारको विभिन्न स्थानमा पहिरोले क्ष,ती पु¥याएको क्षेत्रहरुको स्थलगत अनुगमन गरेका थिए ।

सोही क्रममा धनकुटामा एक दर्जन उद्योगहरुलाई क्षति पुगेको,दर्जनौ पसल र १ सय २७ जना व्यावसायीहरुको घर जोखिमा परेको पाईएको अनुगमन टोलिले जनाएको छ । पहिरोबाट पशुपती ग्रिल उद्योग धनकुटा,मिलन फर्निचर उद्योग धनकुटालाई क्षती पुगेको र निशान ग्रिल उद्योग धनकुटा र कविता फलफुल प्रशोधन उद्योग,प्रकृती फुड प्रडक्सन उद्योग लगायत धनकुटा जिल्लाको एक जर्दन धन्दा बढी उद्योगहरु जोखिमा परेको र वरिष्ठ साहित्यकार तुलसी दिवसको धनकुटा वडा नं ६ स्थित सिरान बजारको घर फर्किएर जोखिम परेको र धनकुटा, हिले ,पाख्रिवास, सिधुवा, सागुरीगढी, पाख्रीवास नगरपालिका, शहिदभुमी, चौविसे, छथरजोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र धनकुटा बजार क्षेत्रका १ सय २७ जना व्यावसायीहरुको घरहरु पहिरोबाट जोखिममा परेकोले यसको क्षतिपूर्ति दिन माग गरिएको संघका अध्यक्ष राईले वताउनुभयो ।

बाढी पहिरोको कारण धनकुटामा सञ्चालित साना उद्योगमा पुगेको क्षति र जोखिममा परेका पसलहरुको अनुगमन गरी लगत संकलन गर्ने कार्य भैरहेको संघका कार्यकारी सदस्य रेजिना पखिलेले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।