धनकुटामा खोलाले बगाएर ७७ वर्षीय महिलाको मृ,त्यु
धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ३ का एक महिलाको खोलाले वगाएर मृ,त्यू भएको छ । सागुरीगढी गाउपालिका ३ मादिनको रघुवा खोला तर्ने क्रममा ७७ वर्ष की सरस्वती गुरुङ याक्खाको खोलले वगाएर मृ,त्यू भएको हो ।
स्थानियले उनलाई खोलामा आईतवार साँझ मृ,त अवस्थामा फेला पारेपछि प्रहरी चौकी डाडाबजारलाई जानकारी गराएका थिए । जानकारी प्राप्त हुन साथ प्रहरी चौकी डाडाबजारबाट प्रहरी सहायक निरिक्षक र ईलाका प्रहरी कार्यलय राजारानी धनकुटा बाट प्रहरी अधिकृत सहितको टोलिले घटनाको अनुसन्धान गरेको जनाईएको छ ।
मृ,तशव आज विहान जिल्ला अस्पपता धनकुटामा पोष्टमाटम गरि दिउँसो आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिनुभयो ।


