घरघरै पुगेर धनकुटामा बाँडियो मास्क !

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटामा मास्क वितरण गरेको छ । कोरोना भाईरस संक्रमणबाट सूरक्षित रहनका लागि संघले घर दैलो अभिायन नै सञ्चालन गरेर मास्क वितरण गरेको हो ।

संघले आज गाईजात्राको अवसरमा जात्रा हेर्न बजार आएका सर्वसाधारण र बजार क्षेत्रका पसल पसलमा पुगि मास्क वितरण गरेको थियो । दिन प्रतिदिन फैलि रहेको कोरोना भाईरस संक्रमणबाट वच्न व्यापारी, व्यावसायी र सर्वसाधारणलाई अनिवार्य रुपमा मास्क लगाउन, बारम्वार सावुन पानी वा सेनिटाईजरले हात धुन अनुरोध समेत गरेको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

मास्क वितरण कार्यमा संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु, रेजिना पलिखे, रेवती प्रसाद अधिकारी, अम्बिका धमला, सुनिता थापा, उज्वल कर्माचार्य,रिदम श्रेष्ठ,शोभा श्रेष्ठ,कार्यलय सचिव सिचन प्रधान लगायतको सक्रिय सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।