उद्योग बाणिज्य संघ धनकुटाको कर शिक्षा सचेतना सम्वन्धि घुम्ती शिविर

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा आज धनकुटाको छथरजोरपाटीको सिधुवाबजारमा कर शिक्षा सम्वन्धी सचेतना घुम्ती शिविरको आयोजना गरेको छ ।

धनकुटाका छथरजोरपाटीका उद्योगी,व्यापारी तथा व्यावसायीहरुलाई कर सम्वन्धि जानकारी गराउनका लागी गरिएको कर शिक्षा घुम्ती कार्यक्रमको शुभारम्भ गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले करको दायरमा सवै आउनुपर्ने वताउनु भयो ।

कार्यक्रममा करदाता सेवा कार्यालय धनकुटाका डाटा इन्ट्री सुपरभाईजर अनुजा पराजुलीले सहभागीहरुलाई सहजिकरण गर्दै राज्यले अहिले करमा व्यापारी तथा व्यवासायी र उद्योगीहरुलाई सहुलियत दिएकोले सयममानै कर बुझाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायोमाझी,कार्यकारी सदस्यहरु रेजिना पलिखे,नविन श्रेष्ठ,महेन्द्र थापा,सिधुवा बजार उद्योग बाणिज्य संघका अध्यक्ष शिव श्रेष्ठ,कार्यालय सचिव सचिन प्रधान,कर्मचारी मुकेश राई लगायतले उद्योग ब्यापारी तथा व्यावसायीहरु र सवै करदाताहरुलाई प्यान,म्याट,अन्तशुल्क लगायतका करका वारेमा सहजीकरण गर्नु भएको थियो भने सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु,वरिष्ठ व्यपारी तथा समाजसेवी शुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेगेन्द्र घुरुङ्ग,सगरमाथा दुग्ध सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद ढकाल,सिधुवा प्रहरी चौकीका इञ्चार्ज दिलिप कुमार चौधरी ,व्यावसायी सन्तोष श्रेष्ठ लगायत सिधुवा बजारका व्यापारी तथा व्यावसायीहरुको सहभागीता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।