गणतन्त्र ल्याउन नेपाल महिला संघले खेलेको भूमिका महत्वपूर्ण!
धनकुटा खबर । नेपाल महिला संघ धनकुटाले पनि नेपाल महिला संघको स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेसको पाटी कार्यलयमा भौतिक दुरी कायम गर्दै गरिएको कार्यक्रमा बोल्दै बक्ताहरुले नेपाललाई लोकतान्त्रीत गणतन्त्र सम्म ल्याउन नेपाल महिला संघले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
कार्यक्रमा बोल्दै नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी महाधिवेशन प्रतिनिधी सुमना तिम्सिनाले २००४ मा नेपाल महिला संघ गठन गर्दा मंगलादेवी सिंह र त्यस बेलाका अन्य महिला नेतृहरुले खेलेको भूमिकाले अहिले नेपालमा लोकतान्त्रीत गणतन्त्र ल्याउन सम्भव रहेको धारण राख्नुभएको थियो ।
त्यस्तै नेपाली कांग्रेस धनकुटाकी सहसचिव सिता प्रधानले नेपालका राजनीतिक दलहरु भित्र महिलाहरुको ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउनका लागि राजनीतिक दलहरुले आफ्ना विधान, नियमावली, राजनीतिक दस्तावेज, निर्वाचन घोषणा पत्र लगायतका नीतिगत दस्तावेजहरुलाई समयानुकुल सुधार गर्दै महिलाहरुको ३३ प्रतिशत सहभागितालाई वृद्धि गर्दै ५० प्रतिशत पुर्याउन आवश्यक भएको बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राईले अबको कांग्रेसको महाधिवेशनबाट महिलाहरुको सहभागिता बढ्ने बताउदै महिलाको राजनीतिक सहभागिता वृद्धिका लागि दलका संगठनहरु खास गरि महिला संगठनहरु तथा अन्तर दलिय महिला सञ्जालले विशेष गतिविधिहरु सञ्चालन गर्नु पर्ने धारण राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएकी प्रदेश सभा सदस्य लिला सुब्वाले महिला लाई हिंसा गर्ने हत्या गर्नैहरु कानुनको दायरामा आउन नसक्नु दुखदायी भएको बताउँदै महिला लाई हत्या र हिंसा गर्नैहरु लाई न्यायलयले समेत छुट दिन नहुने धारण राख्नु भएको थियो ।


