धनकुटामा पहिरोले घर पुर्यो
धनकुटा खबर । धनकुटा नगरपालिका ९ गुठीटारमा आज पहिरोले एक घर पुरेको छ । वर्षाको कारण झरेको पहिरोले हेम कुमार राईको घर पुरेको हो ।
ढुङ्गा, माटोले वनेको टिनको छाना भएको एक तले घर पहिरोले पुर्दा ४ लाख वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटा सञ्चार शाखाले जनाएको छ । पहिरोको कारण हेम कुमारको १२ वर्ष की छोरी सोनिता राई समेत सामान्य घा,ईते भएको र उनलाई जिल्ला अस्पताल धनकुटामा उपचार गरि घर लगिएको प्रहरीले जनाएको छ ।
पहिरोले घर पुरेर विस्थापित भएका परिवारलाई आफन्तकोमा सारिएको छ । प्रहरीका अनुसार हेम कुमारको परिवारमा ५ जना सदस्य छन् । (फाईल फोटो)


