प्रदेश सांसद श्रेष्ठको सं,म्पर्कमा आएका ५० जनाकै रिपोर्ट नेगेटिभ ! – धनकुटामा कोरोनाको त्रा,स कम बन्दै
धनकुटा खबर । धनकुटाकी प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ र उनका पतीमा कोरोना रिपोट पोजेटिभ आए पछि त्रा,स छाएको धनकुटामा श्रेष्ठ दम्पतीको सं,म्पर्कमा आएका ५० र अन्य क्वारेनटाइनमा बसेका ६ जनाकै स्वाव परिक्षणको रिपोट नेगेटिभ आए संगै धनकुटामा त्रा,स समेत कम भएको छ ।
धेरैजनासँग जनसम्पर्क भएका श्रेष्ठ दम्पतीलाई कोरोना रिपोट पोजेटिभ भएसंगै उनिहरुसंग स,म्पर्कमा रहेका ५० जनाको स्वाव संकलन गरि परिक्षका लागि पठाइएको र ती सबै परिक्षणको रिपोट नेगेटभि भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाइले जानकारी दिनु भयो ।
विश्वमा नै महामा,रीको रुप लिएकोले सबैले सतर्कता अपनाउन सबै निकायहरुले धनकुटामा अनुरोध गरि रहेका छने भने प्रशासनले साउन २९ गते राति १२ बजे देखि भदौ ४ गते राती १२ बजे सम्ममा लागि धनकुटा नगरपालिकाका १, ३, ४, ५, ६ र ७ नम्वर वडामा निशेधाज्ञा समेत जारी गरेको छ ।


