यस्तो छ धनकुटामा आजको कोरोना परीक्षणको अपडेट…
धनकुटा खबर । धनकुटाको विभिन्न स्थानिय तहबाट कोरोना जाँचका लागि नमूना संकलन गरि पठाईएका मध्ये ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
छथर जोरपाटी गाउँपालिकाका ११ जना, धनकुटा नगरपालिकाका ४१ जना र पाख्रीवास नगरपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
अव धनकुटा नगरपालिकाको ६ जना, शहिदभूमी गाउँपालिकाका ४८ जना, साँगुरीगढिका २४ जना र महालक्ष्मी नगरपालिका वाट आजै नमूना संकलन गरि पठाईएको १४ जना सहित जम्मा ९२ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । बाँकी सवै जनाकोे रिपोर्ट भोलि सम्म आउने अपेक्षा गरिएको उहाँले वताउनुभयो।


