भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ । उहाँले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गर्नुभएको श्रोतले जनाएको छ । केन्द्रीय समितिको बैठकको शूभारम्भका क्रममा उहाँले “पूर्णकालिन र देखिने अध्यक्ष” चयन गर्न आग्रह गर्नुभएको हो । उहाँले आफु अन्तरिम अध्यक्ष भइरहन नचाहेको बताउनुभयो ।

बैठकमा गान्धीपछि बोल्नुभएका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षा मन्त्री ए के अन्टोनीले गान्धीको निरन्तरताको पक्षमा बोल्नुभएको थियो । उहाँहरूले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गर्नुभएको थियो । श्रोतका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाउनु भएको छ । बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गर्नुभएको थियो ।

पार्टीका केही नेताहरुले अन्तरिम अध्यक्ष गान्धी गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला दिएको पत्रका बारेमा उहाँले ध्यानाकर्षण गराउनुभएको हो । “यो केन्द्र्रीय समितिको बैठक हो, यो सञ्चार माध्यम हैन, हामी सवैले यहाँ कुरा राख्न सक्छौँ, छलफल गर्न सक्छौँ,” उहाँले भन्नुभयो । पार्टीका झण्डै २० नेताले पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्व चाहिएको माग गर्र्दै पत्राचार गरेका थिए । उनीहरुको माग अनुसार नै पार्टीको नेतृत्वका बारेमा निर्णय गर्ने उद्देश्यले अहिलेको महामारीको बेलामा पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् ।

नेतृत्वको विषयलाई लिएर भारतीय राष्ट्रिय काँग्रेसका नेता तथा कार्यकर्ताहरु अहिले विभाजित भएका छन् । पार्टीको एउटा पक्षले गान्धी परिवारबाटै नेतृत्व चाहिन्छ भन्ने गरेको छ भने अर्को पक्षले गान्धी परिवारभन्दा बाहिरबाट सामुहिक नेतृत्वलाई अगाडी बढाउनु पर्नेमा जोड दिने गरेको छ । भारतमा काँग्रेस पार्टीको नेतृत्वमा राहुल गान्धीलाई नै फेरी ल्याउनु पर्ने माग गर्नेहरुको ठूलो संख्या देखिएको छ । निवर्तमान अध्यक्ष गान्धीले गत आम निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नसकेपछि हारको जिम्मेवारी लिदै नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँलाई पटक पटक राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेपछि उहाँकै आम तथा पार्टीकी शीर्ष नेतृ सोनिया गान्धीलाई अर्को अध्यक्ष चयन नभएसम्मका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको थियो । तर अन्तरिम अध्यक्ष बनेको पनि धेरै भएको र नयाँ अध्यक्ष चयन नभएको भन्दै आलोचना भएपछि नयाँ अध्यक्ष चयनका लागि उहाँले नै केन्द्र्रीय समितिमा आग्रह गर्नुभएको हो ।रासस/पिटीआई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖