धनकुटाको चौबिसेमा आकस्मिक बैठक – सवारी साधन प्रवेशमा रोक!
धनकुटा खबर । कोरोना भाइरस कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यसको जोखिमलाई रोक्न धनकुटाको चौबिसे गाउँपालिकाले आज बाट एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
कोरोना संकट व्यवस्थापन समिति सिसीएमसी चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा आज २०७७ भदौ १० गते १२.०० बजेदेखि भदौ १६ गते १२.०० बजेसम्म एकहप्ताको लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई गाउँपालिका प्रवेशमा निषेध गरिएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिनु भयो ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनकुटा जिल्लाभर भदौ ११ गतेसम्म यस अघिदेखि नै निषेधाज्ञा जारी गरिसकिएको छ । अन्य स्थानियतह हरुले समेत निषेधाज्ञा लगाएत कार्यगरिरहेका छन ।



