यस्तो छ धनकुटामा कोरोना परिक्षणको पछिल्लो विवरण
धनकुटा खबर । धनकुटामा आज मंगलबार सम्ममा १ हजार ८ सय ६३ जनाको पिसिआर परिक्षणद्धरा स्वाव संकलन गरिएको छ ।
आज सम्म १ हजार ६ सय ४ जनाको कोरोना रिपोट नेगेटिभ आएको छ भने ३९ जनामा कोरोना संक्रमण देखिएको र २० जना उपचार पछि निको भइसकेका छन् भने १९ जना उपचारको क्रममा रहेको स्वाथ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
त्यस्तै २ सय २० जनाको रिपोट आउन बाँकी रहेको उहाँको भनाई थियो । आज छथरजोरपाटी गाउँपालिकाका ५० र महालक्ष्मी नगरपालिकाका २१ जनाको स्वाव संकलन गरि धरान पठाइएको प्रमुख गुराँगाईको भनाई छ ।


