धनकुटाको छथरजोरपाटीले भदौ २४ गते सम्म लागु हुने गरी गर्यो यस्ता निर्णय
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले भदौ १८ बाट लागु हुने गरी २४ गते सम्म गाउँपालिकाबाट प्रदान गर्दै आएका अत्यावश्यकिय सेवा बाहेका सबै सेवा बन्द गर्ने निर्णयलाई थप गरेको छ ।
कोरोना भाइरसको जोखिम लाई कम गर्न भन्दै क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीको बैठकको निर्णय अनुसार अत्यावश्यकीय सेवा बन्द गरिएको गाउँपालिकाले जनाएकोछ । अत्यावश्यकीय वस्तु किनबेचका लागि विहान ७ बजे देखि १० बजे सम्म मात्र पसल खोल्न पाईने समेत गाउँपालिकाले निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिका भित्रका बैंक तथा रेटिट्यान्स सुरक्षा सावधानी अपनाएर १० बजे देखि २ बजे सम्म खोल्न पाईने भएको छ भने लद्यु वित हरु लाई भदौ २४ गते सम्म कर्जा असुली गर्ने, बैठक राख्ने र अवलोकन भ्रमण स्तगित गर्न भनिएको छ ।
गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख कुराको पालना नगरे संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गरीने समेत जनाइएको छ ।



