कोराना संक्रमितको सम्पर्कमा आएका सहित धनकुटाका १०८ जनाको पिसिआर धरान पठाईयो

धनकुटा खबर । आज धनकुटाको १०८ जनाको पिसिआर नमूना संकलन कोरोना जाँचका लागि धरान पठाईएको छ ।

चौविसे गाउपालिकाको कोभिड १९ संक्रमण पुष्टि भएका ३ जनाका सम्पर्कमा रहेका ३० जना र महालक्ष्मी नगरपालिकाका सार्वजनिक काममा वाहिरवाट आएका कामदार ७८ को नमूना संकलन गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । उनिहरुको नतिजा पर्सी सम्म जनाईएको छ ।

यस्तै हिजो कोरोना संक्रमण पुष्टि भएका धनकुटा नगरपालिका वडा नं ६ का एक जनालाई उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । १५ वर्षका उनि दीर्घ रोगी समेत रहेको खुलेको छ ।

आज सम्म जिल्लाको २ हजार २७ जनाको पिसिआर विधिवाट कोरोना जाँच गरिएको छ । ती मध्ये ४४ जनाको पोजेटिभ र १ हजार ८ सय ७६जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अन्य १०७ जना को रिपोर्ट आउन बाँकी छ । पोजिटिभ रिपोट आएकाहरु मध्ये ३४ जना निको भईसकेका छन् । उपचाररत १० जना मध्ये ६ जना धनकुटा अस्पतालको आईसोलेसनमा, २ जना मोरङ गोठगाउँ र २ जना वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖