अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले सो एप्शमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराउनुभएको हो । उहाँले ती एप्शहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिनुभएको थियो ।

अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन– राष्ट्रपति ट्रम्पले भन्नुभएको छ । प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उहाँ अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीलाई सम्बोधन गर्नका लागि जानु भएको थियो ।

सो ¥यालीमा जानु अगाडि उहाँले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिनुभएको हो । मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ । टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ ।

यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् । अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।रासस/एएनआइ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।