‘कोरोना भाइरस चीनले नै निर्माण गरेको हो’ : चिनिँया वैज्ञानिक लि-मेंग यान

एजेन्सी । चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् ।

लि- मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबाट आएको नभई कुनै ल्यावबाट उत्पति भएको बताएकी छिन् । कोरोना भाइरसको अध्ययन गर्ने वैज्ञानिक मध्ये एक उनले कुनैपनि भाइरसको उत्पतिको विषयमा जानकार राख्ने मानिसले यो मानव निर्मित रहेको भन्ने पहिचान गर्न सक्ने बताएकी छिन् ।

उनले कोरोना भाइरस वुहानको मासु पसलबाट उत्पति नभएको भए कसरी उत्पत्ति भयो भन्ने प्रश्नमा, यो वुहानको कुनै ल्याबबाट उत्पत्ति भएको र यो प्राकृतिक नभएर मानव निर्मित भएको बताएकी छिन् ।

साथै उनले छिट्टै यो भाइरस मानव निर्मित भएको पुष्टि गर्ने समेत बताएकी छिन् । उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै भाइरसको विषयमा चीनले नै धेरै कुराहरु लुकाएको आरोप लगाएकी छिन् । चीनमै याे कुरा खुलासा गरेकाे भए अाफू मारिन सक्ने भन्दै उनले फक्स न्यूजसँगकाे एक अन्तर्वार्तामा ज्यान जाेगाउनकै लागि अमेरिकामा पसेर याे कुरा बाहिर ल्याएकाे बताएकी थिइन् ।

अमेरिकादेखि युरोपका कैयौं देशहरुले समेत यो ख तरनाक भाइरसको उत्पत्तिलाई लिएर चीनलाई नै जिम्मेवार ठान्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।