यस्तो छ धनकुटाको पछिल्लो कोरोना विवरण
धनकुटा खबर । धनकुटामा आज सम्म मा २ हजार १ सय ९ जनाको पिसिआर विधी बाट कोरोना संक्रमणको परिक्षण गरिएको छ । जस मध्ये ४४ जनाको रिपोट पोजेटिभ आएको छ भने २ हजार २४ जनाको रिपोट नेगेटिभ आएको साथै परिक्षणमा पठाइएका मध्ये ४१ जनाको रिपोट आउन बाँकी सरहेको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाइले जानकारी दिनु भयो ।
साथै पोजेटिभ भएका मध्ये ३५ जना निको भइसकेका छन् भने निको हुन बाँकी रहेका मध्ये ६ जना धनकुटा अस्पतालको आईसोलेसनमा २ जना मोरङ गोठगाउँ र १जना वि पि धरानमा उपचारत रहेको प्रमुख गुराँगाईले जानकारी दिनु भयो ।
धनकुटा नगरपालिका ६ का संक्रमितको सम्पर्कमा मा रहेका ४१ जनाको पनि नमुना संकलन गरि धरान पठाईएको छ भने धनकुटा अस्पतालको आईसोलेसनमा उपचाररत ६ जनाको तेश्रो नमुना पनि आजै संकलन गरि परिक्षणका लागि पठाईएको स्वास्थ कार्यलय धनकुटाले जनाएको छ । अव धनकुटामा ९ जना मात्रै सकृय संक्रमित वाँकी रहेका छन् ।


