छथरजाेरपाटी गाउंपालिकाबाट परिक्षणकाे लागि पठाइएको सबैको पिसिआर नतिजा यस्तो आयो
भाद्र २९,धनकुटा । धनकुटाकाे छथरजाेरपाटी गाउपालिका वाट काेराेना परिक्षणकाे लागि लिईएका सम्पूर्णकाे पिसिअार नमूना रिपाेर्टकाे नतिजा नेगेटिभ आएकाे छ ।
अस्ति ४० जनाकाे पिसिअार नमूना संकलन गरि काेराेना जाचका लागि विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकाेमा सवैकाे नतिजा नेगेटिभ प्राप्त भएकाे स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे ।
यसैगरि आज धनकुटा नगरपालिका ६ का संक्रमित व्यक्तिकाे सम्पर्कमा रहेका ४१ जनाकाे पनि नमूना संकलन गरि धरान पठाईएकाे उहाले वताउनुभयाे । धनकुटा अस्पतालकाे आईसाेलेसनमा उपचाररत ६ जनाकाे पनि अाजै तेश्राे पटक नमूना संकलन गरि पठाईएकाे छ । सवैकाे नतिजा पर्सि सम्ममा आउने अपेक्षा गरिएकाे छ ।
याे सँगै जिल्लामा पिसिआर विधिबाट काेराना जाँच गरिएकाहरुकाे सँख्या २ हजार १०९ पुगेकाे छ । जसमध्ये पाेजेटिभ ४४ जना र २ हजार २४ जनाकाे रिपाेर्ट नेगेटिभ अाएकाे छ भने ४१ जनाकाे रिपाेर्ट अाउन बाँकी छ ।
पाेजिटिभ रिपाेर्ट अाएका मध्ये पनि निकाे हुनेकाे सँख्या ३५ पुगेकाे छ । उपचाररत ९ जना मध्ये ६ जना धनकुटा अस्पतालकाे आईसाेलेसनमा २ जना माेरङ गाेठगाउ र १ जना विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका छन । अव धनकुटामा ९ जना मात्रै सकृय संक्रमित छन् ।


