बर्षाले धनकुटाको जनजीवन प्रभावित!
धनकुटा खबर, ३० भदौ । केहि दिन देखिको निरन्तर बर्षाको कारण धनकुटाको जनजीवन प्रभावित बन्दै गएको छ । बर्षा भए पछि खुसी भएका किसान लाई निरन्तर बर्षाको कारण सताउन थालेको छ ।
किसानको पाकेको वालि भित्राउन नपाउँदा समस्या भएको धनकुटा नगरपालिका ५ का कृषक रामकुमार राईले बताए । उनले भने केहि दिन अघि परेको बर्षाले किसान लाई ज्यादै राम्रो गरेको थियो अब भने वाली लाई समेत पानी धेर भइसक्यो ।
बर्षाले गर्दा ग्रामिण सडकमा यातायतमा संचालनमा समस्या भएको छ भने ठाउँ ठाउँमा पहिरोको जोखिम समेत बढ्दै गएको छ । स्थानिय तहहरुले मर्मत गरेका कच्ची सडकमा समेत खाल्डा पर्न थालेका छन् ।


