धनकुटाका व्यूटिशिएन व्यावसायीहरुलाई फेस सिल, माक्स र सेनिटाईजर लगायत सूरक्षित सामाग्री उपलव्ध

धनकुटा । धनकुटा बजारका व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसायीहरुलाई आज फेस सिल, माक्स र सेनिटाईजर लगायत सूरक्षित सामाग्री उपलव्ध गराईएको छ । लगातार लक डाउनका कारण बन्द भएका व्यूटिशियन र हेयर कटिङ्ग व्यावसायीहरुको वारेमा नेपाल सौन्र्दय कला व्यावसायी संघ धनकुटा, नेपाल नाई संघ धनकुटाका पदाधिकारी र सदस्यसंग धनकुटा उद्योग बाणिज्य संघले छलफल गरी सूरक्षित समाग्री उपलव्ध गराएको हो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले व्यूटिशिएन र हेयर कटिङ्ग व्यावसाय लक डाउनका कारण ठूलो मारमा परेकोले सरकारले सूरक्षि वातावरण सिर्जना गरी व्यावसाय सञ्चालन गर्न दिनु पर्नेमा जोड दिनु भयो । सौन्र्दय कला व्यावसायी संघ धनकुटाका अध्यक्ष किरण श्रेष्ठ,नेपाल नाई संघ धनकुटका अध्यक्ष सुधिर ठाकुर,उपाध्यक्ष सतिस ठाकुर लगायतले सूरक्षित विधि अपनाएर व्यावसाय सञ्चालन गर्न सरकार समक्ष माग गरेकाछन् ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ लगायतले लक डाउनका कारण उद्योग व्यापार र व्यावसाय पूर्ण रुपमा धराशायी भएकोले राज्यले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖