धनकुटाका दी’र्घरो’ग पी’डितले जिते कोरोना !

धनकुटा खबर । धनकुटा नगरपालिका ६ का दीर्घ रोगले पी,डित एक जनाले कोरोनालाई जितेका छन् । यसअघि कोरोना पुष्टि भई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १५ वर्षका उनले कोरोना ,गरी आज डिस्चार्ज भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

त्यसैगरि अस्ति असोज १ गते धनकुटा नगरपालिकाबाट पिसिआर नमूना संकलन गरि कोरोना जाचका लागि पठाईएका २ जनाको नतिजा पनि नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

अब असोज २ गते नमूना संकलन गरि पठाईएका महालक्ष्मी नगरपालिकाका १५ जनाको नतिजा भोलि आउने अपेक्षा छ । यो सँगै आज विहान १० वजे सम्मको विवरण अनुसार जिल्लाका २ हजार १ सय २६ जनाको पिसिआर विधिबाट कोरोना जाँच गरिएको छ ।

जसमध्ये ४५ जनाको पोजेटिभ र २ हजार ६६ जनाको नेगेटिभ नतिजा प्राप्त भएको छ । पोजेटिभ नतिजा आएका मध्ये निको हुनेको संख्या ४३ पुगेको छ । सक्रिय संक्रमित २ जना धनकुटा अस्पतालको आईसोलेसनमा उपचाररत रहेकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।