महालक्ष्मी नगरपालिकाका सवैको पीसीआर नतिजा यस्तो आयो
आश्विन ४,धनकुटा । पछिल्लो पटक कोरोना जाँचका लागि पिसिआर नमूना संकलन गरि पठाईएको धनकुटाको महालक्ष्मी नगरपालिकाका सवैको नतिजा नेगेटिभ प्राप्त भएको छ ।
अशोज २ गते नमूना संकलन गरि पठाईएको १५ जना सवैको रिपोर्ट आज नेगेटिभ प्राप्त भएको हो । त्यस्तैगरी आज धनकुटा नगरपालिकाका अन्य १८ जनाको नमूना संकलन गरि कोरोना जाचका लागि पठाईएको छ । यो नगरको ६ नं वडा कि कोभिड संक्रमितको सम्पर्कमा आएका १८ जनाको नमूना संकलन गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र उनिहरुको नतिना नतिजा पर्सि सम्ममा आउने स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
यो सँगै आज साँझ सम्मको जिल्लाको विवरण अनुसार २ हजार १ सय ४४ जनाको पिसिआर विधिबाट कोरोना जाच गरिएको छ । ती मध्ये ४५ जनाको पोजेटिभ र २ हजार ८१ जनाको नेगेटिभ नतिजा प्राप्त भएको छ । अव १८ जनाको रिपोर्ट आउँन बाँकी छ । पोजिटिभ नतिजा आएका मध्ये ४३ जना निको भईसकेका छन् ।
जिल्लाका २ जना सक्रिय संक्रमित धनकुटा अस्पतालको आईसोलेसनमा उपचाररत छन् । त्यसैगरी आज साँगुरीगढि गाउँपालिका ६ कि एक जनामा कोरोना संक्रमण पुष्टि भएको खवर प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
उपचारको क्रममा गंगालाल अस्पताल काठमाडौमा पुगि स्वाव जाँच गराउदा कोभिड ती व्यक्तिलाई कोरोना पोजिटिभ रिपोर्ट आएको वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उनलाई उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै ल्याईने खवर प्राप्त भएको उहाँको भनाई छ ।


