धरान-धनकुटा सडकमा लेदो र पहिरो : लेदो भएको सडक २ तर्फी नै खुलाईयो, पहिरो हटाईदै
धनकुटा खबर । केही दिनदेखी निरन्तर परिरहेको पानीको कारण कोशी लोक मार्ग अन्र्तगत धरान धनकुटा सडक खण्डको विभिन्न स्थानमा लेदो र पहिरोले सडक अवरुद्ध भएकाछन् ।
जसअनुसार आज १M४० बजे धनकुटा नगरपालिका ९ चारगोलाई भन्ने स्थानमा मा बर्षातको कारण माथिबाट पहिरो झरि बाटो अबरोध भएको भएको प्रहरीले जनाएको छ । अवरुद्ध वाटो खुलाउन प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा प्रहरी टोलि खटिएर जेसिवि ले पहिरो हटाउने कार्य भई रहेको जनाईएको छ ।
अवरुद्ध बाटो प्रहरी चौकी मुलघाटबाट २ किलो मिटर उत्तर पुर्व तर्फ पर्दछ । त्यस्तै गरि कोशी लोकमार्ग अन्र्तगत घण्टेमा विहान ११ वजे सडक माथि वाट लेदो झरी अवरुद्ध भएको सडक दिउसो १ वजेबाट दुई तर्फी रुपमा खुलेको छ ।
त्यस्तै दिउँसो १ वजेर ४० मिनेट को समयमा धनकुटाको महालक्ष्मी नगरपालिका ५ बरडाडा स्थित पाख्रीबास लेगुवा सडक खण्डमा माथिबाट पहिरो झरि बाटो अबरोध भएको थियो । प्रहरी चौकी लेगुबाट ३ किलो मिटर दक्षिणमा अवरोध भएको यो सडक प्रहरीको टोलिले पहिरो हटाई साढे २ वजेदेखी सञ्चालनमा आएको छ ।


