धनकुटा जिल्लामा ३२४ जना घरधनीले घरभाडा मिनाहा गरे
धनकुटा खबर । धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका उद्योग व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै ३२४ जना घर धनीहरुले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघलेका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।
कोरोना भाईरस (कोभिड १९) फैलन नदिई नियन्त्रण गर्नका लागी सकारले लामो समय सम्म लगाएको लक डाउनका कारण उद्योग,व्यापार,व्यावसाय बन्द हुदा चरम आर्थिक सकंटको मारमा परीरहेका उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा छुट गरी महत्वपूर्ण सहयोग गरेको राईले बताउनु भयो ।
धनकुटा जिल्लाभरी घर भाडा छुट गर्नु हुने घरधनीहरु र सरकारी तथा गैरसकारी कार्यालय तथा संघ संस्थाहरुले २ महिना देखी ५ महिना सम्मको भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघका महासचिबराम वहादुर गोङ्वा तामाङ्गले जानकारी दिनु भयो ।


