धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ
आश्विन ९,धनकुटा ।पिसिआर विधिबाट आज सम्म धनकुटा जिल्लाको २ हजार १ सय ६१ जनाको कोरोना जाच गरिएको छ ।
हिजो जिल्लाको चौविसे गाउपालिका १ कि कोभिड संक्रमितको सम्पर्कमा आएका १७ जनाको पिसिआर रिपोर्ट अहिले साँझ साढे ७ वजे प्राप्त भए सँगै यो विधिबाट कोरोना जाच गरिएकाहरुको संख्या त्यति पुगेको हो ।
पिसिआर नमूना संकलन गरि जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएकोमा उनिहरु सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
पिसिआर विधिबाट २ हजार १ सय ६१ जनाको कोरोना जाच गरिएका मध्ये ४५ जनाको पोजिटिभ र २ हजार १ सय १६जनाको नेगेटिभ नतिजा आएको छ । पोजिटिभ नतिजा आएका मध्ये पनि ४३ जना निको भईसकेका छन् । सक्रिय संक्रमित २ जना धनकुटा अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।


