कागतीको स्तभमा तस्बिर खिच्नेलाई पुरस्कार दिइयो

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नम्बर ३ को पर्यटकीय विकासका लागि गरिएको कागतीको स्तम्भ संगै फोटो खिचि सबै भन्दा बढी लाइक र कमेन्ट प्राप्त गरेका प्रतियोगी हरु लाई आज एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ ।

कागतेमा हाम्रो कागते परिवारले आज गरिएको एक कार्यक्रमका बिच कार्यक्रमा प्रमुख अतिथी पूर्व मन्त्री सुनिलबहादुर थापा, विशेष अतिथी प्रदेश सभा सदस्य आर.सि तुम्वा लगायतले प्रतियोगितामा पुरस्कृत हुनेहरु लाई पुरस्कार वितरण गर्नु भएको हो ।

पुरस्कार वितरण कार्यक्रम बोल्दै प्रमुख अतिथी, बिशेष अतिथी लगायत अतिथीहरुले पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने यो नयाँ तरिकाले धेरैको ध्यान तानेको बताउँदै पर्यटन क्षेत्रहरु को प्रर्वद्धनमा गरिएको यो काम बाट अरुले पनि केहि सिक्नु पर्ने आवश्यता रहेको बताउनु भयो ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यलयका धनकुटाका प्रमुख गोविन्द अधिकारी, समाजसेवी पूर्व सिंगापुर पुलिस फोर्सका अधिकृत कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रको अध्यक्षता धनकुटा नगरपालिका वडा न ३ का वडा अध्यक्ष विकास घिमिरेले गर्नु भएको थियो ।

प्रतियोगितामा क्रमश सजिना बस्नेत, अस्मिता श्रेष्ठ, हामी नेपाली प्रथम, द्धितिय र तृतिय हुनु भएको थियो प्रथम, द्धितिय र तृतिय हुने हरु लाई २५ हजार नगद, पदक र प्रमाणपत्र दोस्रो १५ हजार र तेस्रोले १० हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।