धनकुटाको छथरजोरपाटीमा ५०७ कुकुर-विरालोलाई खोप लगाईयो
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँ कार्यपालिकाका विभिन्न वडाका ५ सय ७ घर पालुवा कुकुर विरालोलाई आज रेविज रोग विरुद्धको खोप लगाईएको छ ।

१४ औं रेविज दिवसको अवसरमा गाउँकार्यपालिकाको कार्यालय पशुपंक्षी शाखाको आयोजनामा त्यहाँका ६ वटै वडाका उल्लेखित संख्याका कुकुर विरालोलाई खोप लगाईएको हो ।
सवै वडाको टोलटोलमा प्राविधिक पुगी रेविज रोग विरुद्धको खोप लगाएको गाउँकार्यपालिकाको पशुपंक्षी शाखाले जनाएको छ । (फाईल फोटो)


