राहत कोष स्थापना गरी संकलन तथा परिचालन गर्न धनकुटामा समिति गठन

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको आज सम्पन्न वैठकले विपत तथा संकट राहत कोष स्थापना गरी उपाध्यक्ष कृष्ण श्रेष्ठको संयोजकत्वमा राहत संकलन तथा परिचालन समिति गठन गरेको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा वसेको वैठकले विपत तथा संकट राहत कोष स्थापना गरी उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा रुपेश श्रेष्ठ,भीम लिम्बु,अम्विका धमला,महेन्द्र थापा,देव वहादुर गहतराज,डिजोश शाक्य,नगेन्द्र काफेल,सुनिता थापा,शोभा श्रेष्ठ,अग्नी सुहाङ्ग,रिदम श्रेष्ठ,लिजा श्रेष्ठ रहनु भएको समिति गठन गरेको महासचिव राम वहादुर गोङ्वाले जानकारी दिनुभयो । वैठकले संघका धनकुटा शाखाका निर्वतमान अध्यक्ष उमेश घिमिरेलाई आसन्न नेपाल उद्योग बाणिज्य संघको निर्वाचनमा केन्द्रिय सदस्यमा उठाई विजय गराउन सहयोग गर्ने निर्णय समेत गरेको छ । साथै धनकुटाको हिलेमा निर्माण गरिएको वेयर हाउस सञ्चालन गर्न विभिन्न विकल्पहरु सहितको निर्णय गरेको छ ।

वैठकमा सहभागी संघका पदाधिकारीहरुले धनकुटा उद्योग बाणिज्य संघको अभियान सदस्य केन्द्रित कार्यक्रमका साथै सामाजिक सेवाका कार्यहरु अझ बढी सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।

धनकुटा उद्योग बाणिज्य संघले विगतमा गरेका कोरोना विरुद्धको अभियान र सदस्यहरुको लागी संचालन गरेको कर शिक्षा तथा घुम्ती घर दैलो अभियान कार्यक्रमको वारेमा बैठकमा समिक्षा गरिएको कार्यालय सचिव सचिन प्रधानले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघले स्थापना गरिएको साहत कोषबाट बिपत तथा संकटमा परेका उद्योग बाणिज्य संघका सदस्यहरुलाई र सर्वसाधारणहरुलाई सहयोग गर्ने अध्यक्ष राईले वताउनु भयो । वैठकमा संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष कृष्ण श्रेष्ठ,महिला उपाध्यक्ष निर्मला राई,महासचिव राम वहादुर गोङ्वा,सचिव श्रीराम रायमाझी,छथरजोरपार्टी उद्योग बाणिज्य संघका अध्यक्ष शिव श्रेष्ठ लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।