मनकामना सहकारी धनकुटाका कृषकलाई टेम्पो हस्तान्तरण
धनकुटा खबर । धनकुटा नगरपालिकाको वडा नं १० को मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुलाई आज टेम्पो हस्तान्तरण गरिएको छ ।
धनकुटा नगरपालिका, ग्ल्म्ए र पर्डेप नेपालको संयूक्त आर्थिक सहयोगमा गरिवी निवारण तथा ग्रामिण विकास कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एउटा टेम्पो र ८ वटा प्लाष्टिक टनेल हस्तान्तरण गर्नुभएको हो ।
पर्डेप नेपाल धनकुटा द्धारा आयोजित कार्यक्रममा वोल्दै मेयर तामाङले आज हस्तान्तरण गरिएको टेम्पो तथा टनेलले कृषकहरुको आर्थिक स्थिति सुदृढ गर्नका लागि महत्वपूर्ण सहयोग पुग्ने वताउनुभयो ।

किसानले उत्पादन गरेको कृषी सामाग्री वजार सम्म पुर्याउन यसले सहज हुने भन्दै यसलाई कार्यविधि वनाई व्यवस्थित तरिकाले सञ्चालन गर्न आग्रह गर्नुभयो । भने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापाले गएका वर्षमा पनि युएनडिपि सँग सहकार्य गरि नगरपालिकाले नमूना गाउँ वनाउने अभियान सञ्चालन गरेको जानकारी दिदै यो वर्ष पनि युएनडिपि र पर्डेप नेपाल सँग सहकार्य गरि कोभिड १९ नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको वताउनुभयो ।
वडा नं १० वडा अध्यक्ष कमल कार्कीले पनि कार्यक्रममा बाेल्दै वडामा कृषकलाई लक्षित गरि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाे जानकारी दिनुभएको थियोे ।
त्यस्तै पर्डेप नेपालका कार्यक्रम संयोजक मिन प्रसाद सुवेदीले कृषकहरुको १ लाख ३३ हजार र गरिवी निवारण तथा ग्रामिण विकास कार्यक्रम अन्र्तगतको ४ लाख २७ हजार गरि जम्मा ५ लाख ६० हजारमा टेम्पो खरिद गरि किसानहरुलाई प्रदान गरिएको जानकारी गराउनुभयो । मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा दैनिक २ सय देखि २ सय ५० लिटर सम्म दुग्ध संकलन हुने गरेको सहकारीले जनाएको छ ।
सहकारी अध्यक्ष विपेन्द्र दाहालले आफुहरुले पाएको टेम्पो कार्यविधि वनाएर सञ्चालन गर्ने वताउनुभएको छ । त्यस्तै अरुको टेम्पोबाट दुग्ध ओसारपसार गर्दा दिनको २२ देखी २५ हजार सम्म भाडा तिर्दै आएकोमा अव आफुहरुले नै टेम्पो पाए पछि भाडामा लाग्ने खर्च वचत हुने सहकारीका शेयर सस्य खगेन्द्र प्रसाद वस्नेतको भनाई छ । कार्यक्रमको सञ्चालन युवा समाजसेवी खड्ग प्रसाद भट्टराईले गर्नुभएको थियो ।


