धनकुटामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
आश्विन २१,धनकुटा । फेरी धनकुटाका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अशोज १९ गते जिल्लाको महालक्ष्मी नगर पालिकाका १८ जनाको पिसिआर नमूना संकलन गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा अहिले विहान ४ जना पोजिटिभ नतिजा प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । अन्य १४ जनाको नतिजा नेगेटिभ आएको छ ।
कोरोना पोजेटिभ नतिजा ४ जनालाई उपचारको लागिआजै धनकुटाको आईसोलेसनमा ल्याईने उहाँले वताउनुभयो । त्यस्तै धनकुटा नगरपालिकाबाट १७ जना र साँगुरिगढी गाउँपालिकाबाट १८ जनाको नमूना संकलन गरि विराटनगर पठाईएको छ । उनिहरुको पनि नतिजा चाडै आउने अपेक्षा छ ।
यो सँगै जिल्लाका २ हजार २ सय २६ जनाको पिसिआर विधिबाट कोरोना जाच गरिएको छ । जसमा पोजिटिभ नतिजा आउनेको संख्या ५१ जना पुगेको छ भने २ हजार १ सय ४२ जनाको नतिजा नेगेटिभ आएको छ । ३३ जनाको नतिजा आउन बाँकी छ ।
पोजिटिभ नतिजा आएका मध्ये पनि ४५ जना निको भईसकेका छन् । बाँकी २ जनाको सुनसरीमा र अन्य ४ जना र वाहिरबाटकोरोना पोजेटिभ भनि पत्ता लागेका थप दुई जना समेत गरि ६ जनाको धनकुटा अस्पतालको आईसोलेशनमा उपचार भईरहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।


