धनकुटामा आज थप ५ जना कोरोना संक्रमित
धनकुटा खबर,१५ कार्तिक । धनकुटामा आज फेरी ५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रसिमतको संख्या ७५ जना पुगेको छ ।
आज संक्रमण पुष्टि भएकाहरुमा धनकुटा नगरपालिकाका २ महिला र ३ पुरुष रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमण दर तिव्र रुपमा वढिरहेको भन्दै उहाँले सम्वन्धित सम्पूर्णलाई सर्तक रहन सुझाव दिनुभएको छ ।
प्रमुख गुरागार्ईका अनुसार धनकुटामा उपचाररत १३ जना मध्ये १ महिला सहित ८ जनाले आजै कोरोना परास्त गरी निको पनि भएकाछन् । यो सँगै अहिले सम्म धनकुटाका २ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट कोरोना जाच गरिएको छ ।
जसमध्ये ७५ जनाको पोजिटिभ र नेगेटिभ नतिजा प्राप्त भएकाहरुको संख्या २ हजार २ सय २९ पुगेको छ । पोजिटिभ नतिजा आएका मध्ये निको हुनेको संख्या ६३ जना पुगेको छ ।
अहिले जिल्लाबाट पिसिआर नमूना संकलन गरिएका मध्ये होम आईसोलेसन ३ जना र संस्था गत आईसोलेसन ७ जना रहेकाछन् भने वाहिरवाट नमूना संकलन गरिएका मध्ये ६ जनाको पोजिटिभ नतिजा आएकोमा ४ जना निको भएका छन् । बाँकी १ जना होम आईसोलेसन र १ जना संस्थागत आईशोलेसनमा रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।


