नेपाल नाई संघ धनकुटाका अध्यक्ष ठाकुर पत्नी प्रति श्र,द्धा,ञ्जली अर्पण
धनकुटा खबर । नेपाल नाई संघ धनकुटा जिल्लाका अध्यक्ष एवम् साथी वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य सुधिर ठाकुरकी पत्नी बिना देवी ठाकुरको नि,धन प्रति धनकुटाका विभिन्न दुई संस्थाले श्र,द्धा,ञ्जली अर्पण गरेको छ ।

स्वासप्रस्वास र निमोनियाको समस्याका कारण ४३ वर्षको उमेरमा हालै नि,धन हुनुभएकी स्व. विनादेवी प्रति धनकुटा उद्योग बाणिज्य संघ र साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाल श्र,द्धा,ञ्जली अर्पण गरेको हो ।
उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, संघका निर्वमान कार्यलय सचिव तथा साथी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयन्द्र प्रधान, साथी वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपिका प्रधानले उहाँ प्रति श्र,द्धा,ञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । स्व.विनादेवीको परिवारमा उहाँ श्रीमान, एक छोरा र दुई छोरी छन् ।


