धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा खबर । आज पनि धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धनकुटा नगरपालिकाका २ र महालक्ष्मी नगरपालिकाका १ जना सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै आज प्रदेश १ मा ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो प्रदेशमा कोरोना संक्रमितको जम्मा संख्या २१ हजार ६ सय १५ पुगेको छ । प्रदेश १ मा आज ५ सय २७ जना डिस्चार्ज भएका भएका छन् । होमआईसोलेसनबाट ५ सय २४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५ सय ६७ पुगेको छ भने आज यो प्रदेशमा २ हजार ६ सय ७५ जनाको पीसीआर परिक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ९८ महिला र ३ सय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म यो प्रदेशमा पिसिआर परिक्षण गरिएका हरुको संख्या १ लाख ६९ हजार ९ सय ९५ जनाको पुगेकोे मन्त्रालयले जनाएको छ ।


