आज धनकुटाका १३ जनामा कोरोना संक्रमण पुष्टि
कात्तिक २५,धनकुटा खबर । आज फेरी धनकुटाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको धनकुटा नगरपालिकाका ९ र महालक्ष्मी नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यो सँगै प्रदेश १ मा आज ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरंगमा १ सय , झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय १३ पुगेको छ ।
यो प्रदेशमा आज ५ सय १६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय १५ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये १ सय २४ महिला र १ सय ९१ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म १ लाख ७३ हजार ६ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।


