धनकुटाको भेडेटारबाट १७ सय ५० किलो अप्रशोधित सुर्ती पत्ता नियन्त्रण

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका ६ भेडेटार चोकबाट प्रहरीले १७ सय ५० किलो अप्रशोधित सुर्ती पत्ता नियन्त्रणमा लिएको छ ।

भेडेटार प्रहरी चौकीका प्रहरी नायव निरिक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलिले शंका लागी चेकजाच गर्दा झापादेखी तेह्रथुम तर्फ आउदै गरेको को १ ख ६२२९ नं को मिनि ट्रकमा लोड गरि ल्याईएको सो परिणामको सुर्ती नियन्त्रणमा लिएको हो ।

यसको मूल्य अनुमानित ४ लाख ५० हजार पर्ने प्रहरीले जनाएको छ । अप्रशोधित सुर्ती लोड गरिएको मिनि ट्रक र मोरङ उर्लावारी ३ वस्ने ३२ वर्षका चालक गायत्री खतिवडालाई पक्राउ गरि आवश्यक कारवाहीका लागि वीहिवार आन्तरिक राजश्व कार्यलय धरान सुनसरीमा वुझाईएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖