आज धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा खबर । आज धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार यहाँको १, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा आज २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर ३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय १८ पुगेको छ । आज यो प्रदेशका ९१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८७, मेची अस्पतालबाट ३ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । यो सँगै डिस्चार्ज हुनेको संख्या २० हजार ९ सय ९० पुगेको छ । प्रदेश १ मा आज ९ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ८० महिला र १ सय ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिले सम्म प्रदेश १ का १ लाख ८४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।