भारतमा १० करोड डोज कोरोनाको खोप उत्पादन गर्ने रुसको घोषणा

मस्को । कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले एक विज्ञप्ती प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को शुरुदेखि नै प्रारम्भ हुनेछ ।

यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरु ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् ।

रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ ।

रसियाले गत अगस्टमै कोरोनाभाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो ।

हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रुपमा सहभागिता जनाएका छन् ।

तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ ।

भारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ ।

आरडिआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गर्नु भएको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गर्नु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।