धनकुटामा आज थपिए ४ कोरोना संक्रमित

मंशिर १३,धनकुटा ।धनकुटाका ४ सहित प्रदेश १ मा आज १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।

धनकुटाको धनकुटा नगरपालिकाका ४ जना सहित १ सय ८० कोना संक्रमित थपिएको प्रदेश १ सामाजिक विकास ान्त्रालयले जनाएको छ । थपिएका अन्य संक्रमितहरुमा सुनसरीका ५३, झापाका ४९, मोरंगका ३६, इलामका १७, पाँचथरका ६, उदयपुरका २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेका छन् ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ । यो प्रदेशमा आज ८४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ७ सय ६२ पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म यो प्रदेशमा १ लाख ८९ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।