धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा खबर । आज धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धनकुटा नगरपालिकाका २, महालक्ष्मी नगरपालिकाका २ र शहिदभूमी गाउँपालिकाका १ जनामा आज संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा आज २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । थपिने अन्य संक्रमितहरुमा मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम ५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ६२ पुगेको छ ।

प्रदेश १ मा आज १ सय २ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २ सय ८५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९० महिला र १ सय ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म १ लाख ९१ हजार ४ सय २६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।